नेपाली युवती पुगिन् ‘मिस इंग्ल्याण्ड’ को फाइनलमा



३० असार २०७६, काठमाडौँ

हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छिन् । युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन्।

प्रतिष्ठाले परिवारको सहयोग र प्रेरणाको ‘मिस इंग्ल्याण्डमा’ भाग लिएको बताइन्। बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत आवेदन दिएका २२ हजारलाई उछिनेर प्रतिस्पर्धाको  फाइनलमा पुगेकी हुन्।

१ अगष्टमा न्युक्यासलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफूले टाइटल जित्ने विश्वास व्यक्त गरिन्। टाइटल जित्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले  भनिन्, ‘प्रतियोगिता जित्न राम्री भएर मात्र पुग्दैन्। च्यारिटी लगायत बिषय बस्तुको पनि अध्ययन हुनु पर्छ मै सम्पूर्ण तयारी गरेकी छु। त्यसैको आधारमा पनि प्रतियोगितमा टाइटल हात पर्नेमा आशावादी छु।’

 

प्रतिक्रिया दिनुहोस्