आदिवासी जनजाति महासंघले निकाल्यो सुनसरीमा राँके जुलुस



३० अषाढ २०७६, काठमाडौं

लोकसेवा आयोगले विभिन्न जाति, लिङ्ग, क्षेत्र र समुदायको लागि दिदैँ आएको ४५ प्रतिशत कोटा पालना नगरेको भन्दै आदिवासी जनजाति महासंघले सुनसरीमा आन्दोलन गरेको छ ।

महासंघले आज सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी र बराहक्षेत्रमा राँके जुलुस प्रदर्शन गरेको जिल्ला अध्यक्ष राम माण्डुपा राईले जानकारी दिए ।

सबै स्थानीय तहमा साढे पाँच बजे जुलुस निकालेको राईले बताए । ४५ प्रतिशत आरक्षणको कोटाको माग पुरा नभएर सोमबार सिठी जुलुस हुँदै २ श्रावनमा नेपाल बन्दका पूर्व घोषित कार्यक्रम हुने अध्यक्ष राईको भनाइ छ ।

महासंघको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनका कार्यक्रमहरू जिल्लाले पनि जारी राख्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्