मिडिया ‘लोकतन्त्र’बाट ‘भाँडतन्त्र’तिर: सञ्चारमन्त्री बाँस्कोटा



३० अषाढ २०७६, काठमाडौं

नेपाल सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अहिलेका मिडियाहरुले ‘लोकतन्त्र’ छाडेर ‘भाँडतन्त्र’तिर लागेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित श्रमनीति पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्तरक्रियामा उनले मिडियाहरुले सामाजिक उत्तरदायित्व पूरा गर्ने खालको कार्यशैली अपनाउनुपर्ने बताएका हुन् ।

मिडियाले राजनीतितर्फमात्र औंला ठड्याउने गरेको तर आफ्नो कमी–कमजोरी भने बेवास्ता गर्दै आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्