प्रतिनिधिसभा बैठक स्थगित



३० अषाढ २०७६, काठमाडौं

प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसपछि स्थगित गरिएको छ ।

लगातारको वर्षापछि देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ ।

प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु आ–आफ्नो जिल्लातर्फ गएका छन् ।

अर्को बैठक आगामी ८ श्रावण मा बस्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्