जलवायु परिवर्तन सम्बन्धि विश्वस्तरीय ‘सगरमाथा संवाद’ आगामी मार्चमा



३० अषाढ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको नकरात्मक प्रभावबारे जनतालाई सशक्त बनाउँदै लाने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको मारमा परेको स्मरण गराए ।

साथै उनले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तन सम्बन्धि विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गरे ।

सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनीकरणसम्बन्धि ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्