अब म शतप्रतिशत ठिक भएँः नेमार



३० अषाढ २०७६, काठमाडौं

करिब दुई महिनादेखि चोटसँग जुधिरहेका ब्राजिलियन स्टार फरवार्ड नेमारले आफू चोटमुक्त भएको बताएका छन् ।

उनले हालै सामाजिक सन्जालबाट सन्देश लेख्दै अब आफ्ना चोटका दिन सकिएको बताएका छन् ।

नेमार गत जुन महिनामा कोपा अमेरिकाअघि कतारसँगको मैत्रीपूर्ण खेल दौरान चोटग्रस्त भएका थिए । चोटका कारण उनी कोपा खेल्ने ब्राजिलको टोलीबाहिर भएका थिए ।

करिब सात हप्तापछि नेमार मैदान फर्किन फिट भएका हुन् । उनी आफैंले आफू चोटमुक्त भएको पुष्टि गरेका छन् ।

उनले लेखेका छन्– ‘चोटपछि अब म १०० प्रतिशत फिट छु । अब मैदान फर्किन मात्रै बाँकी छ ।’

उनी पूर्वक्लब बार्सिलोना फर्किन इच्छुक देखिए पनि पिएसजीले उनलाई सजिलै छाड्ने संकेत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्