सर्लाहीमा उदारका लागि खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहिन



३० असार २०७६, काठमाडौँ

जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्। नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्फ बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका छन्।

६ दिनदेखि विद्युत अवरुद्ध हुँदा संचार सेट तथा युनिट इन्चार्ज तथा सुरक्षाकर्मीको मोबाइल चार्ज गर्न नपाईएकाले डुबान क्षेत्रमा रहेका सुरक्षाकर्मीसँग सम्पर्कका लागि कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

राठौरका अनुसार ईलाका प्रहरी कार्यालय बलरा, प्रहरी चौकी ईनरर्वा, ईलाका प्रहरी कार्यालय हरकठवा, प्रहरी चौकी छन्कीटोला लगायत आधा दर्जन इकाई सम्पर्कविहीन बनेका छन्। डुबान क्षेत्रका युनिटसँग सम्पर्क नहुँदा उद्धार एवं क्षति विवरण संकलनमा कठिनाई भइरहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्