थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई रुसको साताव्यापी भ्रमणमा



२९ अषाढ २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई रुसको ९ दिने भ्रमणमा निस्किएका छन् ।

रुसमा हुने स्थानीय तहसम्बन्धिको महत्वपूर्ण कार्यक्रममा सहभागी जनाउन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी एशिया प्यासिफिक रेजनल इन्टरनेट गभरमेन्ट फोरमद्वारा आयोजित इफेक्टिभ इ–इन्टरनेट फ सिटिजन इम्पावमेन्ट अफ रुर म्यूनिसिपालिटी विषयक गोष्ठीमा गेस्ट स्पिकरको सहभागी हुने छन् ।

स्थानीय तहमा कार्यक्रमको विशेष भूमिका हुने अध्यक्ष राईको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्