थाहा पाउनुस् कहिले काँही रुनुको फाइदा



२९ असार २०७६, काठमाडौँ

रोई सकेपछि मानिसहरुलाई मनमा आनन्द आउँछ रुवाइले शरीरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्याउन सक्छ  रुवाईले मुटुको चाल सुस्त बनाइदिन्छ र तनाव उत्पन्न गर्ने हर्मोन समाप्त पारिदिन्छ तर सबै रुवाइ फाइदाकारी भने हुँदैन जो आफु एक्लै रुन्छन् र रोएकोमा ग्लानी महशुस गर्छन्  उनीहरु रोएपछि झन नराम्रो महशुस भएको बताउने गर्छन्  तर जसले साथ पाएको महशुस गर्छन्, उनीहरु रोएपछि राम्रो महशुस गर्दछन् ।

रुवाइका पनि विभिन्न पाटोहरु हुन्छन् रुनु ठीक हो भन्नु हुन्छ भने यसबारे बुझिराखौँ रुनु ठीक हो भन्नुका केही कारण छ, हामीले तीन प्रकारका आँशु उत्पादन गर्दछौँ  रिफ्लेक्स (प्रतिबिम्ब)आँशुले बिझाइरहेका वस्तु बाहिर निकाल्न सहयोग गर्छन्, आँखामै रहने तरल पदार्थ अर्थात आँशुले आँखा रसिलो राख्न सहयोग गर्छन् तर रुवाइको आँशु तेस्रो प्रकारको हो  जसलाई भावनात्मक आँशु भनिन्छ  सबै आँशुमा एन्जाइम, प्राटिन र भावनात्मक आँशुका साथसाथै दुखाइ कम गर्ने इन्डोर्फिनजस्ता हर्मोनहरु पनि हुन्छन् ।

हामीले कुनै कुराप्रति कति लगाव राख्छौँ भन्ने सन्देश पनि त्यसले दिनसक्छ रुँदा मानिसबीचको घनिष्टता बढाउन मद्दत पुग्न सक्छ । तनाव र दुखाइ कम हुन सक्छ  त्यसका लागि तपाईंले रुनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्