
२९ असार २०७६, काठमाडौँ
नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता भएको छ। जसका कारण काठमाडौँ, भक्तपुर र ललितपुर जस्ता क्षेत्रहरु नै जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको छ ।
गत शुक्रबारदेखि जारी वर्षाका कारण काठमाडौँको कलंकी खसीबजार र कालीमाटीको कुलेश्वर क्षेत्र डुबानमा परेको छ, डुबानले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग र महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयसमेत डुबानमा परेको छ ।
शुक्रबार र शनिबार उपत्यकामा करिब १ सय ५० मिलिमिटर पानी परेको बताइएको छ विज्ञहरू अव्यवस्थित बसोबास, जथाभावी तयार पारिएका संरचना र पानी बग्ने ठाउँको अवरोधले उपत्यकाका खोला किनारा आसपासका बस्ती जहिल्यै पनि खतरामा रहेको बताउँछन् ।
विपद्विद् मधुकर उपाध्यायले खोलाखोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको बताउँछन् । ‘उनले राजधानीसँग भने विज्ञहरू सहरमा भूकम्पको जस्तै जोखिम बाढीको रहेको छ । २५ वर्षअघि जस्तो पानी काठमाडौँउपत्यकामा आउने हो भने यसले विशाल क्षति गर्ने उनीहरूको तर्क छ ‘अहिले त क्षति नै भएको छैन भन्दा हुन्छ,’ उपाध्ययले भने, ‘२५ वर्ष अघिजस्तो वर्षा हुने हो भने हामीले नसोचेको क्षति हुन जान्छ ।’





