
२८ असार २०७६, काठमाडौं
लगातारको बर्षाले सप्तकोशीमा पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगी नेपालतर्फ डुबानको समस्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ५४ बर्षपछि सप्तकोशीका ५६ वटै ढोका खोलिएका छन् ।
३६ वटा ढोका खोल्दा नै विहार जलमग्न भएको भन्दै नेपाली पक्षलाई ढोका बन्द गर्न भारतीय पक्षले दवाब दिदै आएको थियो । तर नेपालतर्फ ज्यादा क्षति हुने देखिएपछि प्रधानमन्त्रीको निर्देशनमा गएराति सप्तकोशीका सबै ढोका खोलिएका हुन् ।
निरन्तरको बर्षाले नदीमा पानीको बहाव थप बढ्न सक्ने खतरा रहेकोले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नेपाल सरकारले धनजनको क्षति हुन नदिन सुरक्षा निकायलाई समन्वयात्मक रुपले परिचालन गरेको गृहमन्त्रालयले जनाएको छ ।





