
२९ असार २०७६ काठमाडौँ
अविरल वर्षापछि आएको बढी र पहिरोमा परेकाहरुको उद्धारका लागि ८ हजार सेना परिचालन गरिएको छ ।
यसअघि शनिबार एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारले राहत र उद्धारका लागि पहल गरिरहेको भन्दै आम नागरिक तथा पार्टीका कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएका थिए ।
बाढी तथा पहिरो र डुबानबाट बढी प्रभावित झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलान्चोकमा सेनाले ३ सय ५८ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।
बाढी पहिरो र डुबान प्रभावित २१ जिल्लामा ८ हजार सेना परिचालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।





