
२८ अषाढ २०७६, काठमाडौं
प्रदेश नं २ ले बाढीपहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई ३/३ लाख दिने भएको छ ।
शनिबार बसेको मन्त्रीपरिषद् बैठकले राहत तथा उद्दारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
प्रदेश–२ सरकारले राहत तथा उद्दारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०र१० लाख उपलब्ध गराउने निर्णय समेत गरेको छ।
मन्त्रीपरिषद्को बैठकले अहिलेसम्म राहत तथा उद्दारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्दारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आह्वान समेत गरेको छ।
बाढीपहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्दारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए।





