विरोध र्यालीलाई थाँती राख्दै साझा जुट्दै प्रभावित नागरिकको सुरक्षामा



२७ अषाढ २०७६, काठमाडौं

लगातारको वर्षापछि प्रभावित नागरिकहरुमा आएको समस्यालाई मध्यनजर गर्दै साझा पार्टीले पूर्वनिर्धारित विरोध कार्यक्रमलाई स्थगित गरेको छ ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो फेसबुक स्टाटसमार्फत सम्पूर्ण पार्टीका कार्यकर्तालाई विरोधसभा स्थगित गरि सहयोगमा जुट्न आग्रह गरेका हुन् ।

सहयोगमा जुट्न आग्रह गर्दै संयोजक मिश्रले भनेका छन्, ‘हिजो देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढिरहेको र जनजीवन अत्यन्तै प्रभावित भईरहेको यस स्थितीमा पार्टीका सदस्य र शुभचिन्तकहरुलाई राहत र उद्धार कार्यका लागि जुट्न पर्ने भएकाले पुर्वनिर्धारित माईतिघर मण्डलाको बिरोध कार्यक्रम स्थगित गरिएको जानकारी गराउदछौं ।’

साझा पार्टीले शुक्रबार(आज) माइतीघर मण्डलामा ‘मास्क र्याली’को आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्