
२७ असार २०७६, काठमाडौं
अहिले देशभर निरन्तर रुपमा वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । निरन्तर वर्षाले विभिन्न ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ ।
वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । त्यसैले मानिसहरु आउजाउमा निकै सास्ती खेप्नुपरेको छ ।
रातदिन अबिरल वर्षाका कारण विभिन्न बस्ती डुबानमा परेका छन् । त्यसैं क्रममा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको स्कूल बस गुडिरहेको बेला बसमाथि रुख खसेको छ । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।





