
२७ अषाढ २०७६, काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकु पुलमुनि फसेको छ ।
लगातारको वर्षापछि टेकु पुलमुनि जम्मा भएको पानीमा कोइरालाको गाडी फसेको हो ।
त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए ।





