पहिरोमा परि ३ जनाको मृत्यु



२७ अषाढ २०७६, काठमाडौं

लगातारको वर्षापछि आएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ ।

काभ्रेमा दुईजना र रामेछापमा एक जना गरि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेमा पहिरोमा नै परि ३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा डुबान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्