अधिकाशं नदी/तालमा जलसतहले सतर्कता तह पार गर्यो, होसियारी अपनाउन आग्रह



२७ अषाढ २०७६, काठमाडौं

देशका विभिन्न ठाउँका खोला तथा नदीहरुमा जलतसतहले सतर्कता तह पार गरेकाले होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्रायः नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ ।

त्यस्तै थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार, हाल कपिलवस्तु, रूपन्देही, चितवन, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट र आसपास अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ ।

कमला, बागमती, यसका शाखा नदीहरू र अन्य साना नदीमा जलसतह बढ्दो छ । केहीमा खतरा तह पार हुने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्