
२६ असार २०७६, काठमाडौं
गएराती सम्पन्न आइसीसी विश्वकप क्रिकेट २०१९ को पहिलो सेमिफाइनल खेलमा भारतले हार ब्यहोरेको छ । निकै कम रन अन्तरले हारेपछि भारतका कप्तान बिराट कोहलीले पत्रकार सम्मेलनमा न्यूजिल्याण्डका बलरको तारिफ गरेका छन् ।
कप्तान कोहलीले भने, ‘आजको हारपछि अहिले नै तुरुन्त केही भन्नु ठिक छैन । पछि फुर्सदमा कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर समीक्षा गर्न सकिन्छ ।’
उनले न्यूजिल्याण्डका बलरको खुलेर तारिफ गर्दै भने, ‘केही शट पक्कै पनि राम्रा थिएनन् तर रोहित शानदार बलिङमा आउट भए । म पनि राम्रो बलिङमा नै आउट भएँ । लक्ष्य ठूलो थिएन र हामीलाई लागिरहेको थियो कि सजिलै यसलाई परिवर्तन गर्न सक्नेछौं । तर न्यूजिल्याण्डले बलिङ गर्न सुरु गरेबित्तिकै उनीहरुलाई हामीलाई सुरुवाती ८ ओभरमा शट खेल्ने मौका नै दिएनन् । उनीहरुले हामीलाई दबाबमा पारे । हामीलाई यो कुरा स्विकार गर्न कुनै लाज लाग्दैन ।’
भारतीय टिमले पूरा खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेतापनि न्यूजिल्याण्डको शानदार बलरका कारण आफ्नो टिम दवावमा पर्न गई हार ब्यहोरेको उनकोे भनाई रहेको छ ।





