विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा



२६ असार २०७६, काठमाडौं

इङ्गल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै न्यजिल्याण्ड फाइनलमा पुगेको छ ।

न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२१ रन मात्र बनाएपछि न्यूजिल्याण्ड १८ रन अन्तरले विजयी भएको हो ।

अब न्यूजिल्याण्डले अष्ट्रेलिया र इङ्गल्याण्डबीचको विजेतासँग उपाधिको लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्