
२५ अषाढ २०७६, काठमाडौं
बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाइरहँदा चारैतिर हिलाम्य थियो ।
कार्यक्रम विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा सह–कुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सम्पन्न भयो ।
प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे ।
तीनदिन देखिको वर्षाका कारण उद्घाटन गर्न जाने बाटो हिलाम्य थियो । हिलाम्य बाटोमाथि रातो कार्पेट बिछ्याइएको थियो ।
प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे ।





