
२५ असार २०७६, काठमाडौं
सिद्घार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई (RHEST) रू दुई लाख पचास हजार सात सय पच्चीस बराबरको चेक प्रदान गरेको छ ।
गैर सरकारी संगठनसँग संग्लग्न भई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि RHEST महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको संस्था हो । बैंकबाट प्राप्त उक्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गरिने संस्थाले जनाएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिदै जाने उनले जानकारी गराए ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यल सहित सिद्धार्थ बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १७२ ATM र १,३०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।





