सिन्धुलीमा प्रहरीको आक्रमणबाट दुई पत्रकार घाइते, एकको अवस्था गम्भीर



२५ असार २०७६, सिन्धुली/बलवीर भुजेल

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) र पुर्व अध्यक्ष मिनकुमार दाहाललाई प्रहरीले निर्घात कुटपिट गरेको छ ।

कमलामाई नगरपालिका ७  माझीटारको भट्टीमा मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्ने खोजेको भन्दै काभ्रे घर भई हाल सिन्धुलीमा कार्यरत  सादा पोसाकमा रहेका प्रहरी हवल्दार सलाम सिंह तामाङ्ग र पनौति नगरपालिका ७ का निकास सिंह स्याङ्तानले पत्रकारलाई कुटपिट गरेका हुन ।

प्रहरीको कुटाईबाट नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) गम्भीर घाइते भएका छन् भने नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पुर्व अध्यक्ष तथा नेपाल टेलिभिजनका सिन्धुली संवादाता मिनकुमार दाहाल सामान्य घाइते भएका हुन् ।

सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते होमकुमार कार्की (राजन) लाई थप  उपचारका लागि काठमाडौं रिफर गरिएको छ । मिनकुमार दाहाललाई भने सिन्धुली अस्पतालमा नै उपचार गरि घर फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्