
२५ असार २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत पुर्ण मान तामाङलाई पुनः आर्थिक सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं. ९ (साबिक भोटसिपा–४ छापडाँडा) निवासी तामाङ बिगत ३ महिना देखि GBS नामक किटाणुको संक्रमणबाट ग्रसित छन् ।
पूर्वमन्त्री तामाङले बिरामीको स्वास्थ्य अवस्था जानकारी लिनुको साथै बिरामीका श्रीमती सीता माया तामाङ र भाइ सौगात तामाङलाई एक लाख त्रिचालीस हजार एकसय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।





