भोजपुरमा विप्लव–प्रहरीबीच भिडन्त : दुईको मृत्यु



२५ असार २०७६, काठमाडौं

भोजपुरमा बुधबार बिहान (आज) प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा दुईको मृत्यु भएको छ ।

भिडन्तमा विप्लव समूहका कार्यकर्ता निरकुमार राई र प्रहरी जवान सन्दीप राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए ।

स्रोतका अनुसार मृत विप्लब कार्यकर्ता निरकुमार राईको साथबाट एक थान चाइनिज पेस्तोल र गोली बरामद गरिएको छ । भने नेपाल प्रहरी जवान सन्दीप राईलाई विप्लबको गोली लागि मृत्यु भएको हो ।

आज बिहान भोजपुर बजार नजिकै रहेको हटिया क्षेत्रमा गएको प्रहरीलाई लुकेर बसेका विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए ।

विप्लव कार्यकर्ताको गोली प्रहारबाट प्रहरी घाइते भएपछि प्रहरीले फायर खोलेका थिए । दुवैजनाको शव जिल्ला अस्पताल भोजपुरमा राखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्