सांसद श्रेष्ठको नेतृत्वमा स्थानीय विकास निर्माण कार्यको निरीक्षण सम्पन्न



२४ असार २०७६, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा काठमाडौं क्षेत्र नं. ८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु आवास व्यायाम पार्क, निपुहिती पार्क, डल्लु चौतारामा दलु लवंहिति (ढुङ्गेधारा) पुनः निर्माण, चमती खेलकुद पार्क, चमति त्वाछें तल्लाथप छाउनीमा भुकम्प स्मृति पार्क, मन्जुश्री पार्क, कामपा १३ वडा ताहाचल चुलि अजिमा मन्दिर  र परिषर निर्माण कार्यहरुको निरीक्षण सम्पन्न भएको छ ।

निरीक्षणमा सांसद श्रेष्ठ लगायत जिल्ला समन्वय समितीका प्रमुख शिवसुन्दर राज बैद्य, उपप्रमुख सरिता दाहाल, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, वडाध्यक्ष तथा कामपा प्रबक्ता ईश्वरमान डगोंल, जनप्रतिनिधि र स्थानीय उपभोक्ता समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्