तरकारीमा विषादी जाँच हुनुपर्ने माग राख्दै सर्वोच्चमा रिट



२४ अषाढ २०७६, काठमाडौं

भारतबाट आयातित तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

मंगलबार सर्वोच्चमा दर्ता भएको रिटमा भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्य रुपमा गर्न आदेशको माग गरिएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रिटमा विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने जिकीर गरिएको छ ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रिट निवेदनकहरुको जिकिर छ।

 

प्रतिक्रिया दिनुहोस्