
२४ असार २०७६, काठमाडौं
सुसेली म्यूजिक प्रालीको प्रस्तुतीमा गायक पूर्ण संयोगको आवाजमा “मायाले नै जल्यो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा प्रेम र विरहलाई समेटिएको छ । आफुले सबैभन्दा धेरै माया गरेकी प्रेमिकाले विना कारण धोका दिई पराईको बन्न पुग्दाको पिडालाई समेटिएको छ । गीतमा पूर्ण संयोगको शब्द तथा संगीत रहेको छ ।
महेश महरा, प्रतिक बहादुर श्रेष्ठको छायाँकन तथा चेतन सागरको सम्पादन एवम् पूर्ण संयोगको निर्देशनमा भिडियो तयार पारिएको छ । “मायाले नै जल्यो” गीतको भिडियोमा पूर्ण संयोग र रचना साहुको अभिनय रहेको छ ।





