
२४ असार २०७६, काठमाडौँ
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् ।
आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरिसकेका छन् ।यद्यपी बिहेको मिति र बधुको नाम भने सार्वजनिक गरिएको छैन ।
टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुको मात्र उपस्थिती रहेको थियो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको क्यान्सरको कारण निधन भएपछि उनले तेस्रो पटक विवाह गर्न लागेको बुझिएको छ ।





