
२३ असार २०७६, काठमाडौं
बनेपामा दुईजना युवतीमाथि सिरिन्ज प्रहार गर्ने व्यक्ति शिक्षक भएको खुल्न आएको छ । स्थानीयले उनलाई बनेपाको चारदोबाटोबाट पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।
उनी स्याङ्जाको वालिङ नगरपालिका–१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुल्न आएको छ ।
उनलाई नजिकबाट चिन्ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी सरस्वती माध्यमिक विद्यालयका शिक्षक हुन् । प्रहरी चौकीमा राखिएका पाठकले आफूले त्यस्तो घटना नघटाएको बताउँदै आएका छन् ।





