सांसद श्रेष्ठद्वारा कामपा १५ र १९ जोड्ने क्षतिग्रस्त पुलको निरीक्षण



२३ असार २०७६, काठमाडौैं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ र १९ जोड्ने झोलुङ्गे पुलमा बाढीले क्षती पुर्याएपछि त्यसको निरीक्षण गरेका छन् ।

क्षतिग्रस्त पुलको निरीक्षणमा सांसद श्रेष्ठ लगायत कामपा वडा नं. १५ का वडाध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, चागल युवा क्लवका पदाधिकारी तथा वडा १५ र १९ का स्थानीयहरुको उपस्थिति रहेको थियो ।

पुल निरीक्षण पश्चात जनप्रतिनिधिहरुले क्षतिग्रस्त पुलको पुनः निर्माण तथा मर्मतका लागि सरोकारवाला निकायसँग समन्वय गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्