नेचासल्यान गाउँपालिकाको प्रगति विवरण प्रस्तुत तथा छलफल कार्यक्रम सम्पन्न



२२ अषाढ २०७६, काठमाडौं

नेचासल्यान गाउँपालिकाको प्रगति विवरण प्रस्तुत तथा पर्यटन गुरुयोजना माथिको छलफल सम्पन्न भएको छ ।

शनिबार काठमाडौं चाबहिलस्थित एक होटलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको प्रगति विवरण प्रस्तुती, गाउँपालिकाको गान, प्रर्वद्धन गीतको प्रस्तुती, डकुमेन्ट्री प्रसारण र पर्यटन रणनीतिक योजनाबारे छलफल भएको थियो ।

गाउँपालिकाको अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता तथा सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य हेमकुमार राई (सुरवीर) को प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा गाउँपालिकाको वृत्तचित्र समेत सार्वजनिक गरिएको थियो ।

सोलुखुम्बु जिल्लाबाट राजधानीमा आई बसोबास गरेका उद्यमी, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा नेचासल्यान गाउँपालिकाको पर्यटन गुरुयोजनाको खाका प्रस्तुत गरी वृहत छलफलसमेत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिकालाई विभिन्न तवरबाट योगदान दिने श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्