
२१ असार २०७६, काठमाडौं
बिना नागरिकता बाल संस्था दर्ता गर्न माग गर्ने नेपालको पहिलो र ऐतिहासिक बालक्लब जागृति बालक्लब नेपालले देवचुली नगरपालिकाको सहयोगमा बालअधिकार र कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जागृति बालक्लबकी अध्यक्ष आशा विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुलि नगरका ५० बालक्लबका १०० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
देवचुली नगरपालिका प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरु वडाधयक्ष हरिभक्त भट्टराई, बालक्लवका संस्थापक तिलोत्तम पौडेल, सल्लाहकार खिमालन्द भुषाल, होमनाथ जेसि, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, नेपालबार एसोशिएसन नवलपुरका सदस्य टंक नारायण सुवेदी बालक्लवकी पुर्व अध्यक्ष योगिता भुषाल लगाएतको उपस्थिती रहेको कार्यक्रममा जागृति इतिहास अर्मान मिंयाल, कर्तव्यको बारेमा खिमानन्द भुषाल, होमनाथ जैसी, दिपक शर्मा लगाएतले सहजिकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले जागृति बालक्लब नेपालको इतिहास विगत र वर्तमानमा भए गरेका कामको प्रशंसा गर्दै बालमैत्रिलाई निरन्तरता दिदै किशोरी मैत्रि नगर बनाउन नगर प्रतिवद्ध रहेको बताए ।
वक्ताहरुले जागृति बालक्लबलाई बालमैत्री, किशोरी मैत्री अभियानलाई जोड दिदैं देवचुलीलाई नमुना बनाउनु पर्ने बताएका थिए ।
सहभागि रहेका बालबालिकाले जागृति बालक्लब नेपालले कानुनी लडाई लडेकै कारण अहिले थुप्रै बालक्लब बनेको र दर्ता आबद्व हुन थालेको विषयमा आफुहरुलाई सिकाइ भएको समेत बताएका थिए ।





