
२१ असार २०७६, काठमाडौं
इङ्गल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ ।
हिजो सम्पन्न पाकिस्तान र बंगलादेश बीचको खेलमा बंगलादेशले जवाफी ब्याटिंग गर्दै ८ रन बनाएपछि पाकिस्तान विश्वकपबाट बाहिरिएको हो । पाकिस्तानलाई सेमिफाइनलमा पुग्नका लागि बंगलादेशलाई ७ रनमा रोक्नुपर्ने थियो । जुन निकै असम्भव थियो ।
जारी विश्वकप क्रिकेटमा यसअघि अस्ट्रेलिया, भारत, इङ्गल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका थिए । हिजो सम्पन्न खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण समेत पूरा भएको छ ।





