काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात



२० असार २०७६, काठमाडौं

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।

बिहीबार राति हृदयघात भएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिएका छन् ।

चिकित्सकहरुले उपप्रमुख खड्गीलाई २४ घण्टासम्म निगरानीमा रहनुपर्ने र अस्पतालमा बस्दा मुटु सम्बन्धि थप स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्