‘ओली सरकारको विरोधको लागि मास्क लगाउन थालियो’



२० अषाढ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले समाजवादी पार्टी नेपालबाट नेकपा प्रवेशमा आएका कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेतालाई स्वागत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“अस्ति मैले म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिँड्थे । अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् ।”

काठमाडौंमा सडक निर्माण भइरहेकोले मुख्य बाटोमा धुलो उडे पनि भित्री बाटो निर्माणाधीन रहेकाले धूलो उडेको हुन सक्ने उनको तर्क थियो ।

 

प्रतिक्रिया दिनुहोस्