रोटरी क्लब अफ पशुपतिको अध्यक्षमा हर्क साउद निर्वाचित (फोटो फिचर)



२० असार २०७६, काठमाडौं

रोटरी क्लब अफ पशुपति काठमाडौंको २२ औं पदस्थापना समारोहमा रोटाईयर  २०१९/०२० को अध्यक्षमा हर्क बहादुर साउदलाई निर्वाचित गरिएको छ ।

२००६ बाट रोट्रयाक्ट क्लब मार्फत रोटरी परिवारमा जोडिएका हर्क साउद २००९/०१० मा रोट्रयाक्ट क्लब अफ पशुपतिको अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्ष साउद २०१५ मा रोटरी क्लब अफ पशुपतिमा सदस्य भएका थिए भने २०१६ मा क्लबको कोषाध्यक्ष, २०१७ मा सचिव, २०१८/०१९ मा उपाध्यक्ष र अहिले अध्यक्षमा चुनिएका हुन् ।

अध्यक्ष साउद व्यवसायले रेष्टुरेन्ट संचालक हुन् । व्यवसायको अतिरिक्त लेखन क्षेत्रमा निकै जमी सकेका छन् । उनले रचना गरेका सुन साईली, साईली फिल्मको नाच मायाँ, प्याटप्याटे चप्पल, क्याप्टेन फिल्मको कर्लिकर्लि कपाल, डम्मरुको डण्डीवियो, आप्पा फिल्मको अमला लगायतका गीतहरु हुन् ।

रोटरी क्लब अफ पशुपतिको नयाँ कार्य समिति :

अध्यक्ष : हर्क बहादुर साउद
निवर्तमान अध्यक्ष : गोपालप्रसाद दंगाल
प्रेसिडेन्ट इलेक्ट : सालिकराम अधिकारी
प्रेसिडेन्ट नोमिनी : खेमराज पन्त
उपाध्यक्ष : भुवनसिंह कुँवर
सचिव : सजल मास्के
कोषाध्यक्ष : मिलन केसी
सार्जन एट आम्स : राजेश न्यौपाने
क्लब एडमिन : सूर्य बहादुर अधिकारी
सर्भिस प्रोजेक्ट : विन्दु प्रकाश जोशी
टिआरएफ चेयर : गणेश सुवेदी
मेम्बरसिप चेयर : योगेन्द्र ओझा
पब्लिक रिलेशन चेयर : भरत कार्की
सम्पादक : ध्रुवप्रसाद घिमिरे
प्रशिक्षक : दुर्गा सुवेदी
मेन्टर : चुम्बनजंग शाही

पदस्थापना कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ का गर्भनर रोटारियन किरण लाल श्रेष्ठले हाल रोटरी क्लबमा हामी जस्ता मात्र नभएर विश्वकै धनि विलगेट्स जस्ता पनि रहेको रोटरी क्लबमा ढुक्क भएर सबैले मन खोलेर सहयोग गर्नुस् हामीले गरेको सहयोग तीन गुणा बढी पैसा फर्किएर नेपालका विभिन्न ठाउँमा सामाजिक सेवाको लागि पुन: फर्किने समेत बताए ।

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गभर्नर श्रेष्ठले अन्य संघ संस्था तथा स्थानमा सहयोग गर्दा पहिला काम र मृत्युपछि मात्र नाम आउने बताउँदै रोटरी क्लबमा गरेको सहयोगले नाम र कामको सँगसँगै हुने प्रसंग समेत जोडे ।

क्लबको अध्यक्षमा निर्वाचित भएपछि साउदले अहिले सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेर यहाँ पुर्याउने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा क्लबलाई नयाँ ढंगबाट नेतृत्व संचालन गर्दै रोटरी क्लब अफ पशुपतिलाई विश्वभर चिनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमको संचालन क्लबका पूर्व सचिव भूवन सिंह कुँवर, स्वागत मन्तव्य सुर्य बहादुर अधिकारी, सभापतिद्वय संस्थापक अध्यक्ष गणेश बहादुर थापा र मिन बहादुर राउतले गरेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ पशुपतिका सदस्यहरुले विभिन्न नृत्यद्वारा मनोरञ्जन गराएका थिए भने डिष्ट्रिक गभर्नर श्रेष्ठले क्लबद्वारा प्रदान गरिएका छात्रवृत्ति, मेसिन हस्तान्तरण सहित क्लबलाई धेरै दान दिएर सहयोग गर्ने क्लबका सदस्य हरिभक्त बुढाथोकी, चुम्बन जंग शाहीलाई सम्मान गरेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले क्लबको नयाँ नेतृत्वलाई खादा ओढाई बधाई समेत दिएका थिए ।

    

प्रतिक्रिया दिनुहोस्