बूनपा ६ मा उद्घोषण कला तालिम शुरु



२० असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ६ मा उद्घोषण कलाको तालिम शुरु भएको छ ।

मानव अधिकारका लागि महिलाको छ्हारी भवनमा आयोजना भएको सो उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाकी उप प्रमुख रमा राई रहेकी थिइन भने वडा ६ का अध्यक्ष बस नवीन केसी , गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डङ्गोल विशिष्ट अतिथि रहेका थिए ।

बूढानीलकण्ठ नगरपालिका प्राविधिक शिक्षा, सीप विकास तथा तालिम ब्यवस्थापन समितीकी संयोजक सुमित्रा त्रिपाठी पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्यहरु नानू खड्का, राममाया महर्जन ,अनिता पुर्कुटी लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रदिप डङ्गोलले वाक कलाको महत्वका वारेमा प्रकाश पारेका थिए भने वडा ६ का अध्यक्ष नवीन केसीले तालिमले नेतृत्व क्षमता विकास गरेर ब्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमा राईले नगरपालिकाको आयोजना भएको यस कार्यक्रमले सामाजिक र सार्वजनिक जीवनमा महत्वपुर्ण भूमिका खेल्ने भएकोले तालिममा सक्रियतापूर्वक सहभागी बन्न आग्रह गरेकी थिइन ।

वर्तमान समय बोल्ने कलालाई ब्यवसायिक रूपमा प्रयोग गर्न सकिने बताउदै त्यसमा नगर पालिकाले हरेक किसिमको सहयोग रहने प्रतिवद्त्ता व्यक्त गरेकी थिइन ।

कार्यक्रम संचालन ,भाषण कला र जनसम्पर्क विकास जस्ता विषयमा शैदान्तिक तथा प्रयोगात्मक कक्षा हुने सो तालिम १० दिन सम्म चल्नेछ ।

बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा संचालन हुने उक्त तालिम अहिलेसम्म वडा १,४,५,८,९,१० र ११ मा भएको र बाँकि वडामा पनि हुने तालिम समितिकी संयोजक सुमित्रा पाण्डेले बताइन् ।

कार्यक्रम संचालन, भाषण कला र जनसम्पर्क विकास जस्ता विषयमा सैद्धाान्तिक तथा प्रयोगात्मक कक्षा हुने सो तालिम १० दिन सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्