बूढानीलकण्ठमा लेखा प्रणाली, कर, भ्याट र सूचनाको हक सम्बन्धि अन्तरक्रिया हुँदै



२० असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको सहयोग र ह्याण्ड इन ह्याण्ड फाउण्डेशनको आयोजनामा ‘लेखा प्रणाली, कर, भ्याट र सूचनाको हक सम्बन्धि’ एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

ह्याण्ड इन ह्याण्डका कार्यक्रम संयोजक ध्रुव प्रसाद भट्टराईका अनुसार मिति २०७६ असार २१ गते शनिबार विहान १०ः३० बजेदेखि बूनपा ८, गोल्फुटार स्थित किङ्स फुड क्याफेमा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रममा कर र भ्याट सम्बन्धी अर्थविद् डा. चन्द्रमणि अधिकारी, सूचनाको हक सम्बन्धी राष्ट्रिय सूचना आयोगका आयुक्त माननीय यशोदा तिम्सिना र आन्तरिक लेखा सम्बन्धी नायब महालेखा परीक्षक त्रिलोचन आचार्यले विषयगत प्रस्तुती दिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्