बूढानीलकण्ठमा ‘पहिलो मेयर कप फुटसल २०१९’ हुँदै



१९ असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकामा शिवपुरी युवा क्लबले नगर प्रमुखको नामबाट ‘प्रथम मेयर कप फुटसल प्रतियोगिता २०१९’ आयोजना गरेको छ । प्रतियोगिता यहि असार २७ र २८ गते बूनपा वडा नं ३ स्थित हाम्रो फुटसल मैदानमा हुनेछ ।

क्लबले असार १८ गते पत्रकार सम्मेलन गरी प्रतियोगिताको आवेदन फारम खुलाएको छ र असार २५ गते फारम भर्ने अन्तिम म्याद राखेको छ । खेलमा भाग लिन ईच्छुक समुहले आफ्नो वडामा गई आवेदन फारम भर्नु पर्ने व्यवस्था रहेको आयोजकले बताएको छ ।

क्लबका अध्यक्ष सन्देश कार्कीले फुटसल प्रतियोगिताको स्तरलाई ध्यानमा राखी यस क्रमलाई निरन्तरता दिने उदेश्यले मेयर फुटसल कप २०१९ आयोजना गरिएको बताए ।

अध्यक्ष कार्की भन्छन्, “खेल प्रति समर्पित युवाहरुलाई एकबद्द गरी यस नगरपालिकाको एउटा फुटसल टिम तयार गरी अन्य स्थानमा आयोजना हुँने प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाको नामबाट सहभागिता जनाई यस नगरको नाम उच्च राख्ने प्रयास हामिले गर्न खोजेका हौं ।

फुटसल प्रतियोगितामा अन्तर वडा हुँने र नगरपालिका भित्रकै स्थायी खेलाडी हुनुपर्ने जानकारी आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको हो ।

बिगतका दिनहरुमा अन्तर वडा कप फुटबल प्रतियोगिता लगायत बिभिन्न समाजिक कार्यक्रमहरु आयोजना गरिसकेको क्लबले फुटसल खेलमा सक्रिय रहेका नगरपालिकाको बिभिन्न वडामा भएका समुहलाई यस प्रतियोगिता मार्फत एकै मैदानमा समेटि खेल माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्