महिलाहरुले हर्षित हुँदै मनाए ‘नवौं अन्तर्राष्ट्रिय एकल महिला दिवस’



०९ असार २०७६, काठमाडौं

‘नवौं अन्तर्राष्ट्रिय एकल महिला दिवस’को अवसर पारी मानवअधिकारको लागि महिला एकल महिला समुहले ७० वर्ष पार गरेका ५४ जना जेष्ठ एकल महिलालाई सम्मान गरेको छ ।

एकल महिलाहरुको आर्थिक शसक्तिकरण दिगो विकास लक्ष्यको आधार नाराका साथ मानवअधिकारको लागि महिला, एकलमहिला समुहले बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा बूनपा कै वडा नं ६ र ७ मा बस्ने ५४ जना एकल तथा बृद्ध महिलालाई सम्मान गर्दा उनीहरु हर्षित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले छाहारीले देशभरका धेरै एकलमहिला तथा जेष्ठ नागरिकहरुलाई सितल दिएको बताए । एकल तथा बृद्धबृदाका लगि विभिन्न किसिमका समस्या परेमा नगरपालिका सहयोग गर्न खुल्ला रहेको बताउँदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाकी संथापक अध्यक्ष लिलि थापाले एकल महिलाका जिउदो इतिहासहरुलाई सम्मान र्गन पाउँदा र्हषित भएको बताईन् ।

आमाहरु हाम्रो गहना हो र आमाहरुलाई खुसी बनाउन नसक्दा हामी कोही कहिले खुशी हुन नसक्ने बताईन् । १८ बर्ष पुगेका छोरा छोरीको लागि अंशदिनु पर्छ भने बृद्ध आमाबुवाले पनि छोरा छोरीको सम्पतिमा केही अंश पाउनु पर्नेमा उनको जोड थियो ।

सम्मानित आमाहरुले अहिले सम्म एकल महिला दिवस भनेको थाहा नभएको र यस संस्थाले आफूहरुलाई सम्मान गरेकोमा खुशी भएको बताए ।

सम्मान कार्यकम मानबअधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष कुन्दा सर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्