पोखरामा पर्यटक भित्र्याउन होटल संघको टोली भारत प्रस्थान



१८ असार २०७६, काठमाडौं/टंक रेग्मी

पोखरामा भारतीय पर्यटक भित्र्याउन पश्चिमाचल होटल संघ पोखराको एक टोली सोमबार भारत प्रस्थान गरेको छ । विगत ८ वर्ष देखि चलिए पोखरा अभियान चलाउदै आएको पश्चिमाचल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि उत्तर भारतका विभिन्न शहरहरुमा गण्डकी प्रदेशका पर्यटकीय स्थलहरूकाे प्रवर्द्धन गर्न प्रस्थान गरेकाे होटल संघका केन्द्रय सदस्य तथा पश्चिमाचल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

असार १६ गतेदेखि २० गते सम्म संचालन हुने अभियानमा पोखरामा रहेका तारे होटलदेखि मध्यम बर्ग र साना होटल, रिसोर्टका संचालक तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधि र संचारकर्मी सहित ३२ जनाको सहभागिता रहेको छ ।

अभियान अन्तर्गत भ्रमण टोलीले भारतको पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ र विहार राज्यको राजधानी पटनामा नेपाल र भारतका पर्यटन व्यवसायी विच द्विपक्षीय व्यापारिक भेटघाट (बीटुबी), र नेपालका पर्यटकीय क्षेत्र तथा गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको श्रब्यदृष्य प्रदर्शन तथा प्रचार सामग्री देखाईने पराजुलीले जानकारी दिए ।

भारतमा धेरै गर्मी हुने भएकाले पोखराका होटल व्यवसायीहरुले गर्मीको समयमा पोखरामा बस्न उपयुक्त ठानी सन् २०१२ मा चलिए पोखरा अभिायन सुरुवात गरेका थिए । यसरी अभियान चलाए पछि पोखरामा गर्मीको समयमा भारतीय पर्यटको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्