वकिकलले च्यातिएको पाईन्ट लगाएर आएपछि, परे सबै जिल्ल !



१८ असार २०७६, काठमाडौं

हाम्रो छिमेकी देश चीनमा बेलाबेलामा अचम्मको घट्ना भईरहेको छ । एक सरकारी जागिरे वकिल वू नाम गरेको व्यत्तिको तस्वीर अहिले निकै सामाजिक संजालमा भाइरल भैरहेको छ । अहिले सबैको ध्यान वकिलमाथि हुने व्यवहारमाथि केन्द्रीत भएको देखाएका छन् ।

यो तस्वीर छिंगशियू जिल्ला अदालत परिसरको हो र, यी वकिलको कपडा पुलिसले च्यातिदिएको बताइएको छ । वकिलहरुले अदालतका अधिकारीहरुलाई बताए अनुसार दुई न्यायाधीशकै अगाडि तीन पुलिस अधिकारीले उनीहरुमाथि आक्रमण गरेका थिए । जिल्ला अदालतका न्यायाधीशले एक मुद्धा दर्ता गर्न दिएको निवेदन खारेज भएपछि यो कुटपिट भएको हो ।

वकिललाई नयाँ कपडा लिन प्रस्ताव गरिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरे । त्यसपछि उनी अदालत परिसरको मुख्य गेटमा आए र, यही तस्वीर खिचियो । यदि उनको ध्यान आफूमाथि भएको घटना र चीनमा वकिलहरुको दुःखबारे मानिसहरुलाई ध्यानाकर्षण गराउनु हो भने उनी सफल भए ।

अधिकारीहरुले भने वूले अदालतमा गैरकानुनी रुपमाम रेकर्डिङ गरेको आरोप लगाएका छन् । सुरुमा उनको मोबाइल मागेको तर, नदिएको उनीहरुले बताए । अदालतमा पुलिसले वूलाई कुटेको नभइ मोबाइल लिने क्रममा बल प्रयोग भएको हो । यता चीनका वकिलहरु भने यसको विरोध गरेका छन् र अदातलभित्रको सीसीटीभी फुटेज माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्