
१८ असार २०७६, काठमाडौं
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ । केडिया यस अघि पनि अध्यक्ष रहेका थिए ।
असार १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि निर्बिरोध निर्वाचित गरेको हो ।





