बूनपा १० ले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने : विवरण वुझाउने भोलि अन्तिम म्याद



१८ असार २०७६, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको एसईई परीक्षा २०७५ उत्तीर्ण गरेका बूढानीलकण्ठ वडा नं. १० मा बसोबास गर्ने विद्यार्थीहरुलाई वडा कार्यालयले सम्मान गर्ने भएको छ ।

बूढानीलकण्ठ वडा नं. १० द्वारा जारी गरिएको सार्वजनिक सूचनामा विद्यार्थीहरुलाई शुभकामना, बधाई सहित सम्मान गर्ने कार्यक्रम भएकोले विद्यार्थीहरुले भोलि अर्थात असार १९ सम्ममा आफ्नो विवरण सहित वडाकार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ ।

बूनपा १० वडा कार्यालयले जारी गरेको सार्वजनिक सूचना :

प्रतिक्रिया दिनुहोस्