संखुवासभा फलोअपः विप्लव कार्यकर्ता खोज्न सीमा/नाका थुन्दै प्रहरी



१७ अषाढ २०७६, काठमाडौं

सोमबार बिहान संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताहरुबीच भएको गोली हानाहानको घटनापछि त्यसतर्फ व्यापक सुरक्षाकर्मी परिचालन भएको छ ।

सुरक्षाकर्मीहरुलाई सो स्थानमा पुर्याएर खोजी कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार, गोली हानाहान भएको वरपरको स्थानका नाका बन्द गरेर खोजी कार्य भइरहेको छ ।

विप्लव कार्यकर्ताहरुले गम्भीर प्रकृतिका हतियार नै पड्काएको भन्दै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास स्वरुप व्यापक परिचालन गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

विप्लव समूहसँग सोमबार बिहान संखुवासभामा गोली हानाहान भएपछि काठमाडौं र विराटनगरबाट थप सुरक्षाकर्मी त्यसतर्फ पठाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्