
१६ असार २०७६ काठमाडौं
पछिल्ला समयमा अमेरिकाको फ्लोरिडाकी एक बालिकाले पौडी खेलेको भिडियो निकै नै सामाजिक संजालमा भाइरल भइरहेको छ । उनी जन्मेको ९ महिना देखि नै पौडी खेल्न उनको आमा ग्रेस फनेली ले सिकाएको बताउँछिन् ।
उनको आमा ग्रेस फनेली पनि ६ महिनाको हुँदा देखि नै पौडी खेल्न शुरु गरेकाले उनको छोरीलाई पनि सानै उमेरदेखि पौडी खेल्न सिकाएकी हुन् । अहिले उनी १ बर्षकी भएकी छिन् । ग्रेस फनेलीका अनुसार अहिले उनकी बालिका पौडी खेल्न पोख्त रहेको बताउछिन् ।
उनी कसैको सहारा नलिइ पानीभित्र सजिलैसँग दायाँ – बायाँ गरेर पौडी खेल्न सक्छन् । यी बालिकाको यस भिडियोले अहिले निकै चर्चा पाएको छ । एजेन्सी..
भिडियो youtube मा 1 year old swims by herself सर्च गरी हेर्नुहोस् …





