“नक्षत्रसँग एकपल” कार्यक्रमा पूर्व प्रधानसेनापती रुक्माङ्गद कटवाल



१६ असार २०७६, काठमाडौँ/मदनकृष्ण सिलवाल

डिफेन्स करिअर एकेडेमी नेपाल (dCAN)ले “नक्षेत्रसँग एक पल” कार्यक्रमको सुभारम्भ गरेको छ ।

असार १४ गते शनिवार विद्यार्थीहरुमाझ प्रेरक व्यक्तित्वहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको (dCAN) का प्रिन्सिपल डा. राजेन्द्र केसीले बताए ।

“नक्षत्रसँग एक पल”कार्यक्रमको प्रथम श्रृंखलामा विद्यार्थीहरुका माझमा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको उपस्थिति रहेको थियो । कटुवालले ३ घण्टासम्म विद्यार्थीहरुलाई आफूले भोगेका विविध विषयमा प्रेरक कुराकानी गरे भने दोस्रो सेशनमा विद्यार्थीहरुले सोधेका विविध प्रश्नहरुमाथि जवाफ दिएका थिए ।

अन्तरक्रिया सत्रमा नेपाली सेना, सैनिक, जीवन, जीवन जगतसम्बन्धी निकै चाखलाग्दा विषयवस्तुको उत्तर पूर्व प्रधानसेनापति रुक्माङ्गदबाट पाउँदा विद्यार्थीहरु अत्यन्तै उत्साहित देखिन्थे ।

समाज र राष्ट्रलाई उच्च योगदान दिइसकेका र दिँदै गरेका व्यक्तिहरुसँग विद्यार्थीहरुको सर्वाङ्गिण विकास गर्ने हेतूका साथ “नक्षत्रसँग एक पल’ नामक यो कार्यक्रमको थालनी गरिएको डिक्यानका प्रिन्सिपल तथा कार्यक्रमका संयोजक डा. राजेन्द्र केसीले बताएका छन् । हरेक हप्ता शनिवार नयाँ–नयाँ व्यक्तित्वहरुसँग परिचय गराउने उद्देश्यका साथ आउँदो दिनमा साताव्यापी रुपमा यो कार्यक्रम सञ्चालन हुने समेत केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्