बूढानीलकण्ठमा ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम शुभारम्भ (फोटो फिचर)



१६ असार २०७६ काठमाडौं

‘श्रमको सम्मान, राष्ट्रको अभियान, भन्ने नाराका साथ देशव्यापी रुपमा संचालन भईरहेको ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको शुभारम्भ आज विशेष समारोहका बीच बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलले गरेका छन् ।

बूनपा वडा नं ८ मा रहेको सार्वजनिक पार्कमा नगरका विभिन्न वडाबाट छानिएर आएका श्रम गर्न चाहने नगरवासीहरुलाई सम्बोधन गर्दै पैसाको लागि भन्दा नगर निर्माणको लागि योगदान पुर्याउन चाहेकोमा नलजाई काम गर्न अनुरोध गरे ।

आजबाट शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम यो वर्ष १० दिन संचालन हुने छ भने प्रतिदिन रु ९६० का दरले श्रम बापतको पैसा पाउने छन् ।

कार्यक्रममा सहभागी हुन बूनपा ८ का सम्भवत सबै भन्दा ज्येष्ठ ५२ वर्षिय दिनेश कुमार पाण्डे र ८ कै सबै भन्दा कम उमेरकी १८ वर्षिय मनिषा थापा समेत छानिएका छन् । छानिएका नगरवासीले घरधुरी तथ्याङ्क संकलन, व्यवसाय दर्ता र सरसफाई सम्बन्धी काम गर्ने छन् ।

कार्यक्रम लागु भएका वडा कार्यालयले आफ्नो वडामा काम गर्ने श्रमिकले  गरेको कामको अनुगमन र मूल्याङ्कन गर्ने छ ।

नगर प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रममा उपप्रमुख रमादेवी राई, प्रमुख प्रशासकिय अधिकृत कुमार कोईराला, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको बाक्लो उपस्थिती रहेको थियो । सम्पूर्ण कामको संयोजन प्रधानमन्त्री रोजगार कार्यक्रम बूढानीलकण्ठका संयोजक सिर्जन अधिकारीले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्