संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच गोली हानाहान



१६ अषाढ २०७६, काठमाडौं

संखुवासभामा गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘लंग रेन्ज पेट्रोलिङ’ (गस्ती) टोली र विप्लव समूहबीच सोमबार बिहान करिब २० मिनेट दोहोरो गोली हाना हान भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायररिङ सुरु गरेको हो ।

प्रहरी र विप्लव समूहबीच विहान ९ः५५ बजदेखि गोली हानाहान शुरु भएकोमा १०ः१५ बजेतरि विप्लव समूहका कार्यकर्ता तितरवितर भएका जनाइएको छ ।

दोहोरो गोली हानाहानमा भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्